Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

दाहाल र भट्टराईबीच भेटवार्ता

Saturday, February 11, 2017 National Power

२९ माघ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवाता भएको छ । उक्त भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका लागि र स्थानीय निर्वाचनका लागि सरकार लागिरहेको भन्दै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा भट्टराईलाई आग्रह गर्नुभयो ।

डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताउनुभयो साथै बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण पनि उहाँले गराउनुभयो ।