Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सरकार भन्छ, एयर मार्सल राख्ने सहमती भएकै छैन (विज्ञप्ती सहित)

Thursday, January 26, 2017 National Power

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले एक विज्ञप्ती जारी गरी एयर मार्सल राख्ने सहमती नभएकाे बताएकाे छ । गत डिसेम्बर २१ देखी २२ सम्म नयाँ दिल्लीमा भएकाे हवाइ रुटका सम्बन्धमा भएको द्धिपक्षिय बार्तामा नेपालले भारतीय विमानमा एयर मार्सल राख्न सहमति दिएकाे भन्ने कुरा बाहिर अाएकाे थियाे । यसै अाधारमा सामािजक संजालहरूमा सरकारकाे व्यापक अालाेचना हुन थालेपछि अाज मन्त्रालयले  विज्ञप्ती जारी गर्दै त्यसकाे खण्डन गरेकाे हाे ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्तापछि एमओयुसग जोडेर एयरमार्सल शव्द प्रयोग गरी समाचारहरु प्रकाशित भएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै दिल्लीमा भएको बार्तामा भारतीय पक्षले एयरमार्सल राख्नुपर्ने अडान राखेपनि नेपाली पक्षले त्यसालाई अस्वीकार गरेको जनाएको छ ।