Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

राप्रपा राष्ट्रिय अध्यक्षमा लाेहनी

Wednesday, January 25, 2017 National Power

माघ १२, २०७३ चक्रिय प्रणालीका आधारमा नेतृत्वको ब्यवस्था गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको कार्यभार आजबाट बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्दै हुनुहुन्छ । राप्रपा नेपालसँग गत मंसिर ६ गते एकीकरण गरेको

तात्कालिन राप्रपाको नेतृत्वबीच भएको सहमतिका आधारमा दुई महिनापछि राष्ट्रिय अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता लोहनीले सम्हाल्न लाग्नु भएको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा अपरान्ह तीन बजे एक कार्यक्रमबीच राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणाले लोहनीलाई पद हस्तान्तरण गर्ने एकीकृत पार्टीका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष भने कमल थापा यथावत रहनु हुनेछ । लोहनीले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने एकीकृत महाधिवेशनसम्म पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुनेछ । पद हस्तान्तरण कार्यक्रम अघि पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नेछ । दुई बजेपछि पाटी कार्यालयमा नै बस्ने बैठक भने महाधिवेशन तयारीबारे केन्द्रित हुनेछ । गाउँ र नगर अधिवेशन जारी राखेको राप्रपाले सोबारे समीक्षा गर्दै क्षेत्र र जिल्ला अधिवेशनबारे भावी रणनीति तय गर्नेछ । क्षेत्र र जिल्ला अधिवेशन फरक दिन एकै पटक गर्ने तयारी राप्रपाको छ ।