Saturday 4th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

एयर मार्सल प्रकरणः एमाले र विप्लप माअाेवादीकाे अाक्राेस

Tuesday, January 24, 2017 National Power

प्रमुख विपक्षी नेकपा एमाले र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्न दिए/नदिएकोबारे सरकारको औपचारिक धारणा माग गरेका छन् ।

नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरुहरुको बैठकमा भारतलेले एयर मार्सलका लागि बास मागेको थियो । केहीले भने भारतलाई एयर मार्सल राख्न दिने अनुमति दिइसकेको दाबी गरेका छन् ।

एयर मार्सल सम्बन्धी विवादबारे सरकारले भने आधिकारिक धारणा ल्याएको छैन । तर, सरकार मौन बस्दा यसले राजनीतिक रुप लिन थालेको छ ।

पोखरामा सम्पन्न एमाले जनवर्गीय संगठनहरुको राष्ट्रिय भेलाले यसबारे सत्य तथ्य जनता समक्ष ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । एयर मार्सल राख्न दिने कुरा नेपालको सार्वभौसत्ता र राष्ट्रिय सुरक्षासँग गाँसिएको भन्दै एमालेले जानकारी मागेको हो ।

त्यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले भने एयरमार्सल राख्न दिने सहमति भएको दाबी गर्दै प्रचण्ड प्रधानमन्त्री भएका बेला यस्तो हुनु जनघात र राष्ट्रघात हो भनेको छ ।

विप्लवले यसअघि माओवादी पार्टी नफुट्दै हिसिला यमी पर्यटनमन्त्री हुँदा पनि यहि प्रस्ताव पारित हुन लाग्दा पार्टीको निर्णयमा रोकिएको स्मरण गरेका छन् ।