Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

३४ बालबालिकासहित स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७

Tuesday, January 24, 2017 National Power

स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् ।

स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण निःशुल्क उपलब्ध गराएपछि एचआइभी सङ्क्रमितलाई सेवा लिनका लागि सहज हुने भएको हो ।

करिब छ वर्षअघिदेखि स्याङ्जा जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितको तथ्याङ्क राख्न सुरु भएपछि हालसम्म १९ पुरुष र सात महिला गरी २६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा एआरटी सेवन गर्नेको सङ्ख्या १९९ रहेको छ ।