Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

लाेहनी राप्रपाकाे राष्ट्रिय अध्यक्ष बन्दै

Sunday, January 22, 2017 National Power

राप्रपाको राष्ट्रिय अध्यक्ष परिवर्तन गर्ने तयारी भएको छ ।  चक्रिय प्रणालीअनुसार अध्यक्ष परिवर्तन हुने विगतको सहमतिअनुसार वरिष्ठ नेता प्रकाशचन्द्र  लोहनी आगामी माघ १२ गतेदेखि राष्ट्रिय अध्यक्षमा चयन हुन लागेका हुन् । हाल पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपति शमशेर राणा रहेका छन् ।

राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएपनि राप्रपा खेमाबीचको आन्तरिक विषय मिलान गर्नको लागि पार्टीमा राष्ट्रिय अध्यक्ष राखिएको थियो ।
राप्रपाका एक नेताले दिएको जानकारी अनुसार एकताअघि राणा, लोहनी र लोकेन्द्रबहादुर चन्दबीच माघ १२ गतेदेखि लोहनीलाई नेतृत्व हस्तान्तरण गर्ने लिखित समझदारी भएको थियो । सोहि सहमतिको आधारमा लोहनी अध्यक्ष बन्ने र उनकै अध्यक्षतामा पार्टीको एकताको महाधिवेशन हुने बताइएको छ ।
स्रोतका अनुसार महाधिवेशनमा लोहनी अध्यक्षमा प्रतिष्पर्धा तयारीमा जुटेका छन् भने उनको पक्षमा माहोल निर्माण गर्न प्रभावशाली नेताहरु सुनिल थापा, दीपक बोहरा, विक्रम पाण्डे ध्रुव बहादुर प्रधान, बसन्तमान सिंह अधिकारीलगायत लागिपरिसकेका छन् ।
लोहनी निकट मानिने राप्रपा नेता सुन्दर पाण्डेले उनको  पक्षमा माहोल बनाउन नेता तथा कार्यकर्ताहरु जुटिसकेको रातोपाटीलाई जानकारी दिए ।
राप्रपाबृत्तका नेता कार्यकर्ताबीच लोहनी लोकप्रिय रहेको बताइन्छ ।