Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बनेपा– पनौती सडक आजदेखि अवरुद्ध

Sunday, January 22, 2017 National Power

बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिका देखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए ।

पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै नगरपालिकाले लामो समयसम्म धुलो उड्ने क्षेत्रमा नियमित पानीको व्यवस्था गरे पनि सरोकार भएकाहरुले ध्यान नदिएको आरोप लगाए ।
उनले सडक विभागले यही माघ १३ गतेदेखि नै सडक मर्मतको काम सुरु गर्ने आश्वासन दिएकाले स्थानीयवासी सङ्घर्ष समिति, टिपर व्यवसायी सङ्घ र खानी विभागबीच सहमति हुने विश्वास व्यक्त गरे ।

पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापाले विगतमा जनतासँग भएको सहमति लागू गर्न आग्रह गरे । विभिन्न सङ्घसस्था र राजनीतिक दलबीच बनेपा– पनौती सडकमा भएको खाल्डाखुल्डी पुर्ने, धुलो उड्न नदिन पानीको व्यवस्थापन गर्ने लगायत सहमति पटक पटक भएको थियो ।