Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बनेपा– पनौती सडक आजदेखि अवरुद्ध

Sunday, January 22, 2017 National Power

बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिका देखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए ।

पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै नगरपालिकाले लामो समयसम्म धुलो उड्ने क्षेत्रमा नियमित पानीको व्यवस्था गरे पनि सरोकार भएकाहरुले ध्यान नदिएको आरोप लगाए ।
उनले सडक विभागले यही माघ १३ गतेदेखि नै सडक मर्मतको काम सुरु गर्ने आश्वासन दिएकाले स्थानीयवासी सङ्घर्ष समिति, टिपर व्यवसायी सङ्घ र खानी विभागबीच सहमति हुने विश्वास व्यक्त गरे ।

पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापाले विगतमा जनतासँग भएको सहमति लागू गर्न आग्रह गरे । विभिन्न सङ्घसस्था र राजनीतिक दलबीच बनेपा– पनौती सडकमा भएको खाल्डाखुल्डी पुर्ने, धुलो उड्न नदिन पानीको व्यवस्थापन गर्ने लगायत सहमति पटक पटक भएको थियो ।