Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

मेरो व्यवसायले ईन्डियाबाट आउने ९० प्रतिशत स्वीटरहरुलाई लगभग बन्देजै पार्यो :रुक्मिीणी देवकोटा

Saturday, January 21, 2017 National Power

सुदुर पश्चिम क्षेत्रमै अग्रणि महिला उद्यमीको रुपमा आफुलाई स्थापित गराउनु भएकी महिला उद्यमी रुक्मिीणी देवकोटा संग पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको अनलाईन संस्करण नेशनल पावर न्यूज डट कमका लागी एसोसिएट सम्पादक कमला जोशीले लिनु भएको अनतवार्ता प्रस्तुत गरिएको छ

आरम हुनुहुन्छ
हजुर आरम छु ।
आजभोली के गर्दै हुनुहुन्छ नि ?
यो जाडोको सीजनमा म स्वीटर बेच्नमा साह्रै व्यस्त छुँ ।
 स्वीटरको व्यापार कस्तो छ  अनि  कसरी उत्पादन गर्दै हुनुहुन्छ  ?
ब्जारमा माग भै राखेको छ । मैले  धनगढी  उपमहानगरपालिका बसपार्क पछाडी  रुपक होजियारी उद्योग नामको उद्योग सञ्चालन गरे कि छुँ ।  आज भोली म एक्लै नभएर महिला र पुरुष गरि ५५ जनालाई रोजगार दिरहेकी छुँ । सुरुका वर्षहरुमा ३५ सय बाट सुरु गरेको व्यवसाय थियो व्यवसाय बढाउदै जादा अहिले म आफै मात्र नभएर साथीहरु सँगै मिलेर काम गर्दै छुँ ।
तपाईले स्वीटर व्यवसायनै किन रोज्नुभयो ?
श्रीमानको जागिर माहाँकाली अञ्चलमा सरुवा भयो म । पाल्पामै थिए त्यो बेला , पाल्पानै बसेर होजियारी उद्योग सञ्चालन गर्ने भनेर एउटा उद्योग दर्ता गरेर तयारी मा थिए । ठिक्क श्रीमान यता आउनुभयो म एक्लै भए । तिन तिन बच्चाहरु साना साना थिए । म पनि बच्चा बोकेर सुदुर पश्चिम धनगढी आए   । याँहा आईसके पनि अव के गर्ने ? केहि त गर्नु पर्छ  किन कि श्रीमानको जागिरले त १५ दिन खान पनि पुग्दैन भनेर अव सानो भएपनि होजियारी उद्योग यतै सुरु गर्नुपर्दछ भन्ने लाग्यो  । गर्न त गर्ने तर कसरी ? त्यो बेला नेटिङ् मेसिनको ४८ सय पर्दथ्यो  । त्यति पैसा म सँग थिएन । ३५ सय मेरो बुवा आमाले टिका लगाएर दिएको दक्षिणको रमक र केहि सापटी निकालेर मैले एउटा मेसिन किने । आफ्नै कोठामा राखेर व्यवसाय सुरु गरे ।  थोरै पुजिमा गर्न सकिने व्यवसाय भएकोले मैले  यहि रोजेकि हुँ ।
यो व्यवसाय गर्दा सुरुको अवस्था र पछिल्लो अवस्था हेर्दा के फरक पाउनुभएको छ ?
सुरुवात र अहिलेको तुलना गर्ने हो भने त धेरै फरक भैसकेको छ । पहिला सानो पुजी सानो व्यवसाय थियो  । आफ्नै सुत्ने कोठामै बसेर काम गर्थे  । बजार बजारमा बेच्न जान्थे ।  मेरो सामान किनी दिनुस् भन्दै आग्रह गथ ।  तर अहिले त्यो अवस्था छैन  । अहिले रुपक होजियारीको लोगो भएको स्वीटर खोजेर आफै उपभोक्ताहरुले मन पराएर प्रयोग गरि दिएका छन् ।  खुसी लाग्छ । पहिले म एक्लै थिए । अहिले मेरो फ्याक्ट्रीमा ५५ जना महिला र पुरुष कार्यरत छन् ।
एक होजियारी आफ्नै कोठाबाट सुरु गरेर अहिले एउटा फ्याक्ट्रिनै सञ्चालन गनुभएको छ  बाटोमा तेस्रीएका अप्ठ्याराहरुको बारेमा के भन्न चाहानु हुन्छ  ?
जब सम्म आफु व्यस्त भैईन्न तव सम्म असजि र अप्ठ्यारा थाहा पाईन्न  । जब थाहा पाईन्छ तव हिम्मत आफै जुट्दो रहेछ लाग्छ मलाई  । अप्ठ्यारो  नआएको होईन  । तर मेरो श्रीमानले व्यवस्थापनमा सुरु देखिनै सघाउनुभएको थियो ।  कतै त्यस्तो  समस्या आईहाले उहाँले सल्लाह दिनुहुन्थ्यो । तिन ओटा साना साना बच्चा हेर्नु पर्दथ्यो ।  अर्कोतिर घरको काम उता तिर व्यवसाय सबै तिर म एक्लैले कसरी हेर्नु साह्रै गाह्रो थियो  । तर एउटा कोठाबाट सुरु गरेके व्यवसाय मोजा टोपी बच्चाका सामान्य सुट अनि स्कुलका ड्रेस गर्दा गर्दै याँहा सम्म पुगेको छुँ । सुरुका दिनहरुमा ९० प्रतिशत स्वीटर त्यो बेला ईन्डियाबाटै आउथे । सुरुमा मलाई कोले पत्याउनु ? म पनि यस्तो स्वीटर बनाउछु  मलाई धागो उपलब्ध गराई दिनुस  तपाईले अन्त किनेको रेट भन्दा सस्तोमा म बनाई दिन्छु भन्दै पसल पसलमा गएर व्यापारीहरुलाई अनुरोध गर्दर्थे । मेरो श्रीमानको कार्यलयका कर्मचारीहरुलाई पनि किन्न आग्रह गर्दथे । मेरो स्वीटरहरु लागाए पछि  कर्मचारीहरुले पनि मलाई हौसला दिए तपाई राम्रो स्वीटर बुन्नु हुदो रहेछ मेडम यो व्यवसायलाई नछोड्नुस भन्नु हुन्थ्यो । पछि विस्तारै व्यापारीहरुले आफ्नो पसलमा राखेको मेरो सामान बेचिन लागेछ । माग बढ्दै गयो । उता मैले पनि  काम गर्ने मान्छे थप्दै गए । व्यवसाय बढाउदै गए अहिले  मलाई अप्ठ्यारो छैन् ।
व्यवसाय फस्टाउदै गयो अहिले सम्म कति कमाउनुभयो ?
२०४० सालबाट एउटा कोठाबाट सुरु गरेको व्यवसायले मैले तिनबटा बच्चाहरु पढाए । मेरो फ्याक्ट्रिमा ५५ जना महिला पुरुषलाई रोजगारी दिएकी छुँ । सुदुरपश्चिममा करिब दुई दर्जन होजियारी उद्योग सञ्चालन छन्  । जुन मेरै उत्पादन हुन  । साथीहरुले राम्रै गर्नु भएको छ । मेरो व्यवसायले ईन्डियाबाट आउने ९० प्रतिशत स्वीटरहरुलाई लगभग बन्देजै पार्यो भनुन कतै फ्याट फुटबाहेक अरु सबै स्कुल होस सरकारी अथवा गैरसरकारी जुन सुकै कार्यलयमा सबै ठाउँ मेरै होजियारी बाट स्वीटरहरु जाने गर्दछन्  । मेरो कमाई भनेकै यहि हो ।
तपाईको सफलताको पछाडीको रहस्य के हो ?
मेरो सफलता पछाडीको रहस्य मेरो श्रीमान । यदि उहाँको साथ नभएको भए म याँहा सम्म पुग्न सक्थेन । अनि मेरो उत्पादनलाई मन पराउने उपभोक्ता, र व्यापारीहरुलाई पनि विशेष श्रेय दिन चाहान्छु  । उहाँले  मेरो उत्पादनलाई मन पराई दिनुभयो
याँहा सम्म पुग्ला सोच्नु भाथ्यो  ?
थिन । तर मेहेनत गरेमा असम्भव भन्ने त केहि रहेनछ  नि । सकारात्मक सोचले अगाडी बढेमा सबै कुरामा सफलता मिल्दो रहेछ । सम्भावनाको खोजी गरेर अगाडी बढेमा सफल भईदो रहेछ ।


अनि सामाजिक क्षेत्रतिर कस्तो छ चाहाना ?
सामाजिक क्षेत्रमा पछिल्ला दिनहरुमा म सक्रिय भएर लागीहरेकी छुँ । उद्योग वाण्ज्यि सँघमा वरिष्ठ सदस्यमा चुनावै लडेर निर्वाचिन भए । साना घरेलुमा ,लाईफ क्लव,नेत्र ज्योति सँघ लगायतमा आवद्ध छुँ  । म आफ्ना लागि भन्दा पनि अरुका लागि केहि गरु भन्ने सोचाईले म सामाजिक क्षेत्रमा प्रबेश गरे । त्यो क्षेत्रमा जादा मेहेनती महिला भनेर व्यापारीहरुले मलाई व्यापारी नेता बनाई दिए ।  अनि उद्योग क्षेत्रमा पनि तपाईले कमिटीमा बसी दिनुपर्यो भन्नुभयो र केन्द्रय सदस्य बनाई दिए ।
जिवनमा सबै भन्दा खुसी र दुखद् क्षेण ?
सबै भन्दा खुसी म मेरो सानो व्यसायले पढाएको छोराले जब पुलचोक ईन्जिनियरिङ् कलेज टपेर अमेरिकाको क्यालीफोनिया बर्कल युनिभर्सिटिमा पनि नेपालका विद्याथीहरुलाई उछिन्दै क्लास टप गरे छ  त्याहा कलेजको दिक्षान्त समारोहमा हामीलाई आमन्त्रित गरेको थियो कलेजले  । म र मेरो श्रीमान त्याहाँ पुग्दा  उस्का शिक्षकहरुले जब मेरो छोराको मेहेनत र सफलताको प्रसँशा गरे मलाई साह्रै खुसी लाग्यो  । हाम्रा लागि त्यो मेरो छोराले दिएको सप्राईजनै लाग्यो स असाध्यै खुसी भए भने दुखद् क्षेण म सानै देखि मेरा बुवाले छोरा जस्तै पाल्नुभयो तर उहाँ वित्दा म उहाँको नजिक थिईन । पानि सम्म पनि दिन सकिन साहै्र दुख लाग्यो म एक्लै बसेर साह्रै रोएकी थिए ।
पैसा कमाउन चाहानेहरुका लागी केहि टिप्स दिनुस न ?
ईच्छा शक्ति, क्रियाशिलता र अर्को कुरा द.ुख पदाई रुने होईन हाँस्नुपर्दछ
 व्यवसायमा असफल भएर निरास हुनेहरुलाई के भन्न चाहानु हुन्छ ?
व्ययसाय के कति कारणले असफल भयो  । त्यको बारेमा सोच्नुस् ।  अनि हिजो जे भयो त्यो लाई त्यसै थाति राखेर जिवन नयाँ शिराबाट सञ्चालन गनुस्  । यस्तो भन्नुको मतलव हिजोलाई भुल्नु भन्दिन हिजोका नराम्रा पक्षलालाई त्याग्नुस् । राम्रा कुराहरुलाई समात्नुस र आजको योजना बनाउनुस । नयाँ ढङ्गबाट फेरी मेहेनत गनुस्  । फेरि गनुस् एक पटक अर्को पटक असफल भईएला तर सकारात्मक सोचाई सकारात्मक मनले लाग्नुस एक दिन तपाई सबै भन्दा उचाई मा पुग्नु हुनेछ ।
पैसा कमाएपछि म र मेरो भन्ने भावनाको विकास हुन्छ भन्छन्  त कस्तो हो ?
त्यस्तो होईन  । सबै त्यस्तो हुदैनन् र वितेको दिनलाई विर्सनु आफ्नो कमजोरी हो  । हिजोको आफ्नो दयनिय अवस्था विर्सनु हुदैन भन्ने लाग्छ मलाई
आफ्नो सफलता भाग्य भन्नु हुन्छ कि कर्म ?
कर्म भन्छु
व्यवसायको स्तर उकास्न नेपाल सरकारबाट के अपेक्षा राख्नु भएको छ ?
अव स्तर उकास्न त सर्वप्रथम औद्योगीक निति २०६७ ल्याएको छ त्यो कार्यन्वयन गर्नुपर्छ । युवा स्वरोजगार भनेर आएको रकम कुन शिर्षकमा काहाँ खर्च गरिएको छ त्यसको बारेमा खोजिनिति भैदिए हुन्थ्यो लाग्छ सबै भन्दा पहिला त नितिनै कार्यन्वयन  भए हुन्थ्यो ।
अव अगाडीको चाहाना  अथाव योजना के छ ?
नेपालीले विदेशीको ढोकामा गएर ढकढक्याउनु नपरोस हाम्रो ठाँउमा धेरै सम्भावना छन् । कृषि व्यापार उद्योग विभिन्न क्षेत्रमा लागेर नेपालनै औद्योगीक क्षेत्र बनाउन चाहान्छु र मेरो प्रयास पनि यहि रहने छ