Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

नुवाकोट तनावग्रस्त, प्रहरीद्वारा रबरको गोली हान्यो

Friday, January 20, 2017 National Power

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच सदरमुकाम बिदुरमा भएको झडपमा हवाई फायर र रबरको गोली प्रहार भएको छ । झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् । शुक्रबारदेखि सदरमुकामकेन्द्रित आन्दोलनमा स्थानीयबासी र प्रहरीबीच जिविस नजिक  झडप भएको हो ।

आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र ४ राउण्ड रबरको गोलीसमेत प्रहार गरेको थियो । रबरको गोली लागेर थानसिङका विनोद पाठक, चौघडाका राजन भट्ट, खानीगाउँका कृष्ण गजुरेल, गौरव लामिछाने, रुपक ढुंगाना सहित अन्य दुई जना छन् ।

पाठकको पेट र देब्रे तिघ्रामा र भट्टको देब्रे तिघ्रामा गोली लागेको छ भने अन्यको हात र गोडामा गोली लागेको चोट छ । स्थानीय प्रशासनले ‘रबरको गोली हानेर जनतामार्न खोजेको छ,’ गोली लागेको भाग देखाउँदै पाठकले भने, ‘शान्तिपूर्ण माग सम्बोधन होस् भनेर आएको त । यसरी गोली हान्ने ?’

उनीहरुलाई नेपाल रेडक्रस सोसाईटीले सडकमै उपचार गरेको थियो ।

आन्दोलनले गर्दा विद्यालय समेत वन्द छन् ।
जिल्लाका  थानसिङ, चौघडा, खानीगाउँ र सूर्यमतिका स्थानीवासी शान्तिपूर्ण तरिकाले लिखु गाउँपालिका कायम गर्नुपर्ने माग गरिरहेका थिए । आन्दोलनका कारण ती गाविसमा शैक्षिक संस्था समेत ६ दिनदेखि बन्द छन् ।

स्कुल खोलेपनि विद्यार्थी नआएको गुनासो शिक्षकले गरे भने शिक्षा कार्यालयले भने शैक्षिक संस्था संचालनम रहेको जनाएको छ ।