Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नुवाकोट तनावग्रस्त, प्रहरीद्वारा रबरको गोली हान्यो

Friday, January 20, 2017 National Power

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच सदरमुकाम बिदुरमा भएको झडपमा हवाई फायर र रबरको गोली प्रहार भएको छ । झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् । शुक्रबारदेखि सदरमुकामकेन्द्रित आन्दोलनमा स्थानीयबासी र प्रहरीबीच जिविस नजिक  झडप भएको हो ।

आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र ४ राउण्ड रबरको गोलीसमेत प्रहार गरेको थियो । रबरको गोली लागेर थानसिङका विनोद पाठक, चौघडाका राजन भट्ट, खानीगाउँका कृष्ण गजुरेल, गौरव लामिछाने, रुपक ढुंगाना सहित अन्य दुई जना छन् ।

पाठकको पेट र देब्रे तिघ्रामा र भट्टको देब्रे तिघ्रामा गोली लागेको छ भने अन्यको हात र गोडामा गोली लागेको चोट छ । स्थानीय प्रशासनले ‘रबरको गोली हानेर जनतामार्न खोजेको छ,’ गोली लागेको भाग देखाउँदै पाठकले भने, ‘शान्तिपूर्ण माग सम्बोधन होस् भनेर आएको त । यसरी गोली हान्ने ?’

उनीहरुलाई नेपाल रेडक्रस सोसाईटीले सडकमै उपचार गरेको थियो ।

आन्दोलनले गर्दा विद्यालय समेत वन्द छन् ।
जिल्लाका  थानसिङ, चौघडा, खानीगाउँ र सूर्यमतिका स्थानीवासी शान्तिपूर्ण तरिकाले लिखु गाउँपालिका कायम गर्नुपर्ने माग गरिरहेका थिए । आन्दोलनका कारण ती गाविसमा शैक्षिक संस्था समेत ६ दिनदेखि बन्द छन् ।

स्कुल खोलेपनि विद्यार्थी नआएको गुनासो शिक्षकले गरे भने शिक्षा कार्यालयले भने शैक्षिक संस्था संचालनम रहेको जनाएको छ ।