Thursday 25th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

शिक्षा / स्वास्थ्य

मधेस प्रदेश : खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

जनकपुर-  कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ

बढ्यो बौद्धिक चोरीको परीक्षण

काठमाडौँ- शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो । अर्काको बौद्धिक सम्पति चोरी गरेर

सुदूरपश्चिममा ओरालो लाग्यो कोरोना सङ्क्रमण दर

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो प्रदेशमा माघ १० गते कोरोना सङ्क्रमण दर उच्च देखिएको थियो । त्यो दिन प्रदेशभरि एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भई सङ्क्रमण

हराएको खोप खोज्न छानबीन समिति गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्नुपर्ने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् । छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा,

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको

२४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु, ८०१७ संक्रमित थपिए

काठमाडौं -पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण

सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं-  नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। सबै भन्दा बढी सक्रिय संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा रहेका छन्। उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्याको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ जना सक्रिय संक्रमित छन्। काठमाडौँमा ४० हजार

काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं – उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै धार्मिकस्थलमा हुने नित्य पूजा र

सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

काठमाडौं – सर्वोच्च अदालतमा कोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो । बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट

सीमा नाकामा उच्च सतर्कता

काठमाडौँ-  नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ । प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी नेपाल प्रवेश