Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

Thursday, January 27, 2022 National Power

काठमाडौं-  नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। सबै भन्दा बढी सक्रिय संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा रहेका छन्। उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्याको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ जना सक्रिय संक्रमित छन्। काठमाडौँमा ४० हजार १२, भक्तपुरमा पाँच हजार ७२८, ललितपुरमा १० हजार ६९ छन्। सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा छन्। त्यस्तै एक हजार ८१९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयलेले जनाएको छ।

उपचाररत संक्रमितमध्ये २५१ जनानाको आईसीयू र ४८ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ। नेपालमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभे्र, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बााँके, रुपन्देही, दाङ, कैलाली गरी १७ पुगेको छ। त्यस्तै दुई सयमाथि सक्रिय संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलाख, गोरखा, तनहँु, स्याङ्जा, बाग्लुङ, पाल्पा, दाङ, गुल्मी, सुर्खेत, कन्चनपुरसहित १९ छन्।

२० हजार ३५९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै दुई हजार ९०३ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा दुई हजार ४१, भक्तपुरमा २९३, ललितपुरमा ५६६ जना थपिएका छन्।संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्। सो उमेर समूहका १८ सय ८९ जनाको कोरोना पुष्टि भएको छ। त्यस्तै ३१ देखि ४० वर्षउमेर समूहका १४ सय ६२, ४१ देखि ५० वर्ष उमेर समूहका ७८१, ५१ देखि ६० वर्ष उमेर समूहका ५६१, ६१ देखि ७० उमेर समूका २९०, ७१ देखि ८० उमेर समूहका १५०, ० देखि १० वर्ष उमेर समूहका ९८, ८० वर्ष माथिका ४७ र उमेर नखुलेका २४ जनाका कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

२४ घण्टामा परीक्षण गरिएका मध्ये ४१.५ प्रतिशतमा कोराना पुष्टि भएको छ। मंगलबार परीक्षण गरिएका मध्ये ४६.३४ जनाको कोरोना पुष्टि भएको थियो। त्यस्तै सोमबार परीक्षण गरिएकामध्ये ४८.६७ जनामा कोरोना पुष्टि भएको थियो। त्यस्तै परीक्षण आइतबार ३७ प्रतिशतमा कोरोना पुष्टि भएको थियो भने शनिबार ५०. ७५ प्रतिशमा कोरोना पुष्टि भएको थियो।

त्यस्तै २४ घण्टामा ५ जनाको मुत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मुत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ। नेपालमा मुत्युदर १।४ रहेको छ। मुत्यु हुनेमा ०–९ वर्ष उमेरका ४९, १० देखि १९ वर्षका ५७, २० देखि २९का ३६५, ३० देखि ३९ वर्षका ९४८, ४० देखि ४९ का १६ सय ४३, ५० देखि ४९ का २२ सय ६२, ६० देखि ६९ का २४ सय ४०, ७० देखि ७९ का २३ सय १५, ८० माथिका १५ सय ८०, उमेर नखुलेका १३ जनाको मुत्यु भएको छ। २४ घण्टामा चार हजार ४३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख ३१ हजार ७१२ पुगेको छ। नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८९.१ प्रतिशत रहेको छ।