Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

सीमा नाकामा उच्च सतर्कता

Friday, January 14, 2022 National Power

काठमाडौँ-  नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ । प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र नेपालगञ्जको जमुनाहा नाकामा हेल्प डेस्कमार्फत एन्टिजेन परीक्षण थालिएको छ ।

प्रदेश १ को जोगबनीस्थित हेल्प डेस्कले दिएको जानकारीअनुसार पुस महिनामा भारतबाट आएका दुई हजार ३९ जनाको कोरोना परीक्षण गर्दा ५९ जनामा पोजेटिभ पाइएको थियो । त्यसपछि भारतसँगका सीमा नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर र विराटनगरको जोगबनी नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा गरिएको छ । त्यस्तै, चीनतर्फका ओलाङ्चुङगोला र किमाथाङ्का नाका बन्द अवस्थामा छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोलीले बिहीबार विराटनगर–१६ स्थित निर्माणाधीन होल्डिङ सेन्टर र जोगबनी नाकाको स्वास्थ्य सुरक्षा र परीक्षणको अवस्था अनुगमन गरेको थियो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । भारतमा कोरोना सङ्क्रमण बढेपछि सो नाका हुँदै पछिल्ला आठ दिनमा ९पुस २१ देखि २८ गतेसम्म० ११ हजार ३१६ जना नेपाल भित्रिएका छन् । उनीहरूमा गरिएको कोरोना परीक्षणमा ६९८ जनामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना पोजेटिभ पाइएपछि स्वास्थ्य जाँचलाई थप कडा पारिएको जनाइएको छ ।

बुधबार चारवटै नाकाबाट एक हजार ४८३ जना फर्किएकोमा नाकामै सबैको परीक्षण गरिएको थियो । यद्यपि बागमती प्रदेशको भारतसँग एक मात्र सीमा नाका त्रिवेणीमा कुनै स्वास्थ्य सुरक्षा जाँचको व्यवस्था गरिएको छैन । भारतसँग सीमा नाका जोडिएको नभए पनि रोजगारीका लागि भारत जानेको सङ्ख्या कर्णाली प्रदेशबाट बढी छ । त्यसैले कर्णाली प्रदेशले समेत कर्णाली प्रवेशको मुख्य नाका सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबई र पञ्चपुरी नगरपालिकाको कुइने तथा सल्यानको कालीमाटी नाकामा स्वास्थ्यकर्मी परिचालनको तयारी थालेको छ । कुइने र कालीमाटीमा होल्डिङ सेन्टर निर्माण गरिएको भए पनि हाल सञ्चालनमा छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बबई नाकामा हेल्थ डेस्क स्थापना गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा निर्देशक डा। रविन खड्काले कर्णाली प्रदेशले भारतीय सीमा नभेटे पनि भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या धेरै भएकाले प्रदेश प्रवेश नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको बताउनुभयो ।उहाँका अनुसार, कर्णालीमा भारतबाट आउनेहरू धेरैजसो बाँकेको जमुनाहा नाका र कैलालीको गड्डाचौकीबाट आउने गर्दछन् । ती नाकामा सङ्क्रमित फेला परे प्रहरीको सहयोगमा उनीहरूलाई छुट्टै सवारी साधनमा राखेर सम्बन्धित पालिकामा पठाउने व्यवस्था मिलाइएको छ । उनीहरूलाई अवस्था हेरी होम आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । कर्णालीमा अहिलेसम्म ओमिक्रोन फेला नपरेको र आठवटा नमुना भने थप परीक्षणका लागि काठमाडौँ पठाइएको जनाइएको छ ।

कोरोना सङ्क्रमण सुरु भएदेखि नै नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा प्रायः बन्द अवस्थामा छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार, रसुवागढी नाका एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सो नाकाबाट लामो समयदेखि सर्वसाधारणको आवतजावत भएको छैन । चीनबाट सामान लिएर आउने सवारीसाधनलाई निर्मलीकरण गरेर मात्र नेपाल भिœयाइने गरिएको छ ।

त्यस्तै श्रमिक र चालकलाई कोरोनाविरुद्धको खोप लगाइने गरिएको छ । उहाँले भन्नुभयो, “बिहान सात र बेलुका दुईवटा गरी दैनिक नौवटा मात्र मालवाहक गाडी नेपाल भित्रिन्छन् ।” चीनबाट सामान मात्र भित्रिने भएकाले स्वास्थ्य जाँच डेस्क स्थापना गरिएको छैन भन्दै प्रजिअ जैसीले आवश्यकताअनुसार हेल्थ डेस्क स्थापना गर्न पत्राचार गरिएको बताउनुभयो ।

नेपाल–भारत सीमा नाका तथा खुला सीमा क्षेत्रमा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । सुरक्षाका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी खटिएका छन् तर आइसोलेसन होल्डिङ सेन्टर नहुँदा सङ्क्रमितलाई भने परामर्श र सुरक्षाका सामान्य सामग्री दिएर होम क्वारेन्टाइन पठाउने गरिएको छ ।

सङ्घीय सरकारको योजनाबमोजिम लुम्बिनीको कृष्णनगर र जमुनाहा नाकामा निर्माणाधीन होल्डिङ सेन्टरको काम पूरा भएको छैन । रुपन्देहीको बेलहियामा जग्गा प्राप्ति नहुँदा काम अगाडि बढाउन नसकिएको लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा। विकास देवकोटाले जानकारी दिँदै लक्षण देखिएका र शङ्कास्पद भए मात्र परीक्षण गरिने गरिएकामा अबदेखि सीमाबाट भित्रिने सबैको परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो ।

त्यस्तै प्रदेश १ का सीमा क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका साथै स्वास्थ्य प्राविधिकहरूको टोलीले सुरक्षा र स्वास्थ्य जाँचलाई कडाइ गरेका छन् । प्रदेश १ का सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले भारतसँग खुला सिमाना जोडिएको इलाम, झापा, मोरङ र सुनसरीका नाका र खुला सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट ९बीओपी०को टोलीसहित सुरक्षा परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रदेश २ का आठवटै जिल्लाका सीमा नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीका महानिरीक्षक गणेश ठाडामगरले सप्तरीदेखि पर्सासम्मको ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्रमा ७२ बीओपी र ४१ एफओपीको पोस्टले सुरक्षा दिइरहेको जानकारी दिनुभयो । भारतसँगको सीमा जोडिएको ३१ ठाउँमा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्कको व्यवस्था गरिएको जनाइएको छ ।

गण्डकी प्रदेशमा भारतसँग एक मात्र त्रिवेणी सीमा नाका पर्दछ । सो नाकामा अहिलेसम्म कोरोना जाँचको कुनै व्यवस्था गरिएको छैन । सो नाकाबाट बिनापरीक्षण आउजाउ भइरहेको छ । स्थानीय प्रहरी चौकी विनयी त्रिवेणीले दिएको जानकारीअनुसार त्रिवेणी भन्सार गण्डकी प्रदेशको भारतसँगको एक मात्र भन्सार नाका हो । सो नाकाबाट दिनहुँ ठूलो सङ्ख्यामा आवतजावत भए पनि अहिलेसम्म कुनै स्वास्थ्य मापदण्डको पालना र स्वास्थ्य जाँच हुनसकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुुख केशव चापागाईंले सो नाकाबाट खुलेआम आवतजावत भइरहेको बताउनुभयो ।

सीमा नाकामा यसअघि हेल्प डेस्क स्थापना गरिएको थियो । उहाँले मुलुकमा ओमिक्रोनको जोखिम बढ्दै गइरहेको अवस्थामा सीमा नाकामा स्वास्थ्यसम्बन्धी कुनै सुरक्षाको व्यवस्था नभएको बताउनुभयो । सीमाबल सशस्त्र प्रहरीका अनुसार त्रिवेणी भन्सारलाई सरकारले ‘क’ श्रेणीको भन्सार बनाउने निर्णय गरेको छ । हालसम्म मापदण्ड कायम नभइसकेकाले यहाँबाट सामान्य भन्सारको काम मात्रै हुने गरेको छ । मानिसको आवतजावत दैनिक एक हजारभन्दा बढी भइरहेको छ । सीमामा सशस्त्र प्रहरी बलले बिरामीको लक्षण भएकालाई नजिकैको स्वास्थ्य चौकीमा पठाउने गरेको छ । अब चाँडै नै औपचारिक रूपमा नै सीमा नाकामा स्वास्थ्य डेस्क स्थापना गरिने प्रमुख चापागार्इंले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि तातोपानी नाकामा स्वास्थ्य सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाउन थालिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले चीनको तिब्बत हुँदै नेपाल भित्रिने मालवाहक कन्टेनरलाई मितेरी पुलबाटै निर्मलीकरण गरिने जानकारी दिनुभयो । उहाँले खासाबाट भित्रिने कन्टेनरका सामान मितेरी पुलबाटै २४ घण्टाभन्दा बढी समय क्वारेन्टाइनमा राखेर भन्सार कार्यालय ल्याइने गरेको बताउनुभयो ।

खासाबाट मितेरी पुलको बीच भागसम्म चिनियाँ चालक र सहचालकले कन्टेनरमार्फत सामान ल्याइदिने गरेका छन् । उक्त सामान लिनका लागि मितेरी पुल बीच भागमा नेपालतर्फका कन्टेनर, चालक, सहचालक र श्रमिक जाने गर्दछन् । उनीहरूमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि मात्रै सामान लिन पठाउने गरिएको छ ।

भन्सार प्रमुख गौतमले चालक, सहचालक र मजदुरलाई पीपीई सेट अनिवार्य गरिएको जानकारी दिनुभयो । खासा क्षेत्रबाट दैनिक आठदेखि १० वटा मालवाहक कन्टेनर नेपाल भित्रिँदै आएका छन् । चिनियाँ पक्षले समेत सात दिनसम्म सामान होल्डिङमा राख्ने गरेको छ । ९सचिन पोख्रेल ९प्रदेश १०, धीरेन्द्रप्रसाद साह ९प्रदेश २०, राममणि दाहाल ९बागमती०, चित्र मिजार ९सिन्धुपाल्चोक०, होमराज रानाभाट ९गण्डकी०, श्यामशङ्कर पाण्डे ९लुम्बिनी०, ललित बसेल ९कर्णाली० र अविनाश चौधरी ९धनगढी०को सहयोगमा तयार पारिएको ।०