Tuesday 16th January 2018

    कंगारु फेयर २०१८ हुँदै    नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)    कञ्चनपुरमा चक्कु प्रहार गरी हत्या    संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न    कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि टोली जादैँ

अर्थ/ बाणिज्य

कुमाल महिलाहरुका लागी कुखुरापालन व्यवसायको अवसर

२० असार, बाग्लुङ – खर्वाङ सिमान्तकृत महिलाहरु कुखापालन गरि ब्याबसायिक रुपमा अघि बड्ने अवसर मिलेको एक कार्यक्रमका सहभागिहरुले बताए। बडिघाट गाउपालिका वार्ड नं २ मा खरवाङमा आयोजित पंक्षिमां आधारित सीप बिकास तथा कुखुरापालन सहयोग कार्यक्रममा बक्ताहरुले आफ्ना धारणा राखे। भुमिहिन, गरिब, सरकारी सेवाको अवरबाट बंचित सिमान्तकृत कुमाल समुदाय उन्नत सीप प्रबिधि सिकि कुखुरापालन ब्याबसायबाट जीवनस्तर

कुमाल महिला र एकल महिलाहरुलाई आधुनिक र उन्नत जातको कुखुराबाट आम्दानी बढाउन सहयोग

१२ असार, बागलुङ– सत्कर्म नेपाल, आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको आयोजनामां सांसद क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको सहयोगमा पशुपंक्षिमुलक आयआर्जन क्षमता बिकास तथा कुखुरापालन सहयोग दुई दिने कार्यक्रम बुर्तिवाङमा सम्पन्न भयको छ । ढोरपाटन वार्ड नं. एक र दुई बुर्तिवाङको अल्पसंख्यक कुमाल महिला र एकल महिलाहरु गरि ६० जना

ब्रिटीस काउन्सिल र अर्बिटबीच आइईएलटीएस रजिष्ट्रेशन गर्ने अनुमती

९ असार, काठमाडौं – मेडिकल प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको अर्बिट मेडिकल इन्ट्रान्स प्रिपिरेसन पुतलीसडकले आइईएलटीएसबारे रजिष्ट्रेशन गर्ने अनुमती पाएको छ । हालै निजी क्षेत्रको यस संस्था र ब्रिटीस काउन्सिलबिच आइईएलटीएस रजिष्टे«शन सम्बन्धि सम्झौता भएको हो । राजधानीमा आयोजित एक समारोहमा अर्बिटका तर्फबाट अर्बिटका अध्यक्ष सुनिल रेग्मी र ब्रिटीस काउन्सिलका प्रतिनिधि जिमओ निलले

२५ प्रतिशत लाभाँश साल्ट ट्रेडिङले दिने

८ असार, काठमाडौं – सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभाँश कर प्रयोजनका लागि दिने भएको हो । लाभाँश पारितका लागि कम्पनीले असार २९ गते ५० औं वार्षिक साधारणसभा बोलाएको

१० महिनामा अठार सय उद्योग दर्ता

जेठ ३०, काठमाडौँ –  घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उक्त सङ्ख्यामा उद्योग दर्ता भएको हो । उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल)ले

साउदीमा काम गर्ने नेपाली कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने

२९ जेठ, काठमाडौं – साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासी कामदारका साउदीमै रहेका आफन्तले अब प्रत्येक महिना एक सदस्य बराबर १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको

स्याङ्जाको वालिङ महोत्सवमा ३५ लाख नाफा

२५ जेठ, स्याङ्जा – स्याङ्जामा गएको माघ १३ गतेदेखि २३ सम्म भएको गरिएको छैटौं वालिङ महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले १ करोड ३० लाख ९७ हजार ८ सय ३० रुपैयाँ रकम महोत्सवबाट

स्थानीय तहको चुनावमा अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च

२२ जेठ, काठमाडौं – स्थानीय तहको चुनावका लागि अहिलेसम्म झण्डै पाँच अर्ब रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा आइतबारसम्म चार अर्ब ७३ करोड ४१ लाख ८५ हजार ६७९ रुपैयाँ खर्च भएको विवरण प्राप्त भएको छ । वैशाख मसान्तसम्ममा तीन अर्ब १६ करोड, ३३ लाख ५५ हजार रुपैयाँ खर्च गरेको आयोगले त्यसपछि जेठ

१० वटा स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

१८ जेठ, इलाम – सरकारले आर्थिक वर्ष २०७४/७५ मा यहाँका १० वटा स्थानीय तहका लागि  रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान रु एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको

वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने

१६ जेठ, काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि आज व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए । वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो