Friday 17th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा

Tuesday, August 1, 2023 National Power

काठमाडौं – सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् ।

६१ दिनदेखि माइतीघरमा सहकारी पीडितहरुको धर्ना जारी छ । त्यही धर्नामा नेपाली चलचित्रका दुई अभिनेत्रीहरु पनि सहभागी हुँदै दश घन्टे अनसन बसेका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।
अभिनेत्रीहरु आँसु बगाउँदै घरखर्च चलाउन पनि मुस्किल परेको हुँदा धर्ना बसेको बताउँछन् ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु सडकमा आएर धर्नामा बस्न बाध्य भएको बताए ।

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।