Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश दिने

Sunday, December 18, 2022 National Power

काठमाडौं – महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १ पुस शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।