Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

अज्ञात समुहद्धारा भ्याकुल लोडरमा आगजनी गरी नष्ट

Thursday, September 14, 2017 National Power

२९ भदौ, महोत्तरी – जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।

गएराति अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।