Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण

Sunday, April 28, 2024 National Power

काठमाडौ – मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवालमा रहेर काम गर्दै आएको संस्था ‘महिलाको निम्ति महिला मञ्च’ नेपालले अब सांस्कृतिक अभियानको थालनी गरेको छ । मञ्चका अनुसार मनोरन्जन तथा सत्कार क्षेत्र भन्नाले डान्सबार, दोहोरी साँझ, क्याबिन रेष्टुरेन्ट, खाजा घर, स्पा/मसाज हुन् । यी ५ क्षेत्र रहेका समस्या, गतिविधी, सुनिदै आएका अफवाह र यर्थाथहरुलाई विषय बनाई गीतहरु शृङ्खलाबद्ध रुपमा आउने भएका छन् ।

यहि क्रममा पहिलो शृङ्खला सार्वजनिक गरिएको छ । यस शृङ्खला मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुका परिचयलाई विषय बनाइएको छ भने लोकदोहोरी क्षेत्रमा पहिचान बनाइसकेका चर्चित कलाकारहरुको टिमले गीतको विषयलाई जिवन्त बनाएका छन् । महिलाका निम्ति महिला मञ्च नेपालको अफिसियल युट्युब ‘वफवान’ च्यानल मार्फत गीतलाई हेर्न/सुन्न सकिन्छ ।

मनोरन्जन क्षेत्र तथा सत्कार क्षेत्रका श्रमिकहरुका हकहितका लागि आवाज उठाउने उदेश्यले यो अभियानको थालनी गरेको महिलाको निम्ती महिला मञ्च नेपालकी संस्थापक तथा कार्यकारी निर्देशक सिर्जना पुनले जानकारी दिइन् । गीत संगीत छिटो जनमनमा पुग्ने भएकाले यसको प्रभावकारिता पनि छिटो हुने उनले विश्वास व्यक्त गरिन् । पुनले सांस्कृतिक अभियानका विषयमा अगाडि भनिन् – महिलाको निम्ति महिला मञ्च नेपाल अन्तर्गत ‘साँस्कृतिक अभियान समूह’ समेत रहेको छ । उक्त समूहमा मनोरञ्जन क्षेत्रमा कार्यरत कलाकार साथीहरु हुनुहुन्छ । हाम्रै संस्थामा आबद्ध कलाकार साथीहरुका सिर्जना र स्वरमार्फत् मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न र श्रमिकको मान्यता पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण र समाजले मनोरञ्जन क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्न हामीले ‘सांस्कृतिक अभियान’लाई निरन्तरता दिएका हौं । श्रमको पहिचान, सुरक्षा र सम्मानका लागि साँस्कृतिक अभियान मार्फत् असमान सोच रुपान्तरणको आह्वान’ हाम्रो मुख्य उदेश्य रहेको छ ।

सुरुवातकाका शृङ्खलाहरुमा प्रत्यक्ष दोहोरी गीतहहरु प्रस्तुत गरिएको छ । आगामी शृङ्खलाहरुमा भने अन्य भाषा र भाकामा समेत एकएकल तथा लोक गीतहरु गीतहरु प्रस्तुत गरिने छ । गीतका विषयहरु मानव अधिकार, महिला अधिकार, असमानता, सवै प्रकारका विभेद, श्रम शोषण तथा अधिकार, उनीहरुको स्वास्थ्य तथा शिक्षाको हकलगायत हुनेछन् ।

कलाकारहरु श्याम राना, तारा थापा, देवी आले, रत्न श्रेष्ठ, शर्मिला वि।सी, टेकराज भण्डारी, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवी कुमारी बस्नेत, सागर बिसी, शान्ति घर्ती, सिमा थापा, रमिला बुढामगर लगायतले गाउनेछन् । विभिन्न भागमा चर्चित कलाकारहरु अतिथिका रुपमा उपस्थित भएर सांस्कृतिक अभियानमा ऐक्यबद्धता जनाउनेछन् । डिबी खड्का, सविता पोखरेल र वर्षा लुईटेलले कार्यक्रमको विषयमाथि अनुसन्धान, योजना र संयोजन गर्नेछन् ।