Saturday 12th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

लोक गायक कस्तुप पन्तलाई मातृ शोक

Monday, April 29, 2024 National Power

काठमाडौँ – लोकप्रिय लोक गायक कस्तुप पन्तलाई मातृ शोक परेको छ । उनकी आमा लक्ष्मीकुमारी पन्तको आइतबार साँझ निधन भएको हो । ७३ वर्षिया लक्ष्मीकुमारी बुढ्याली सम्बन्धी रोगबाट पीडित थिइन् । उनको आइतबार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लक्ष्मीकुमारीका दुई छोरा र एक छोरी छन् । गायक कस्तुप जेठो छोरा हुन् । कस्तुपका थुप्रै लोकदोहोरी तथा लोकगीत सांगीतिक बजारमा हिट छन् ।