Tuesday 30th April 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

कोलम्बियामा डुंगा दुर्घटना हुँदा ९ जनाको मृत्यु, २८ जना बेपत्ता

Monday, June 26, 2017 National Power

१२, असार – कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन् ।

उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो ।

दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको छ । स्थानीय अधिकारीहरुले उद्दार गरिएका मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । उनीहरुलाई अस्पताल पठाइएको छ ।