Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

गजल

Saturday, June 3, 2017 National Power


कोहि अत्ति हतारमा हुन्छन् 
कोहि सधैं इन्तजारमा हुन्छन् । 
 
गजल लेख्छन् ,फेसबुकमा पोष्टिन्छन् 
सायद तिनिहरु प्यारमा हुन्छन् । 
 
हार्नेहरुको पिडा कस्ले लेखिदिन्छ ? 
जित्नेहरु नै प्राय समाचारमा हुन्छन् । 
 
                   मैले मान्छेहरुको भरोसा,गर्नै छाडिदिएं 
                   आपसमै यिनिहरु काटमारमा हुन्छन् । 
 
                   सक्षम युवा बिदेश भासिएको छ 
                   मक्किएका सोचहरु सिंहदरबारमा हुन्छन् ।

सुरेश अर्याल