Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

सिके राउत पुनःहिरासतमा

Thursday, April 27, 2017 National Power

 

१४ बैशाख, रौतहट – स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार रौतहट प्रहरीले हिरासतमा लिएको छ। जिल्ला अदालत रुपन्देहीले राउतलाई साधारण तारेखमा रिहाई गरेपछि प्रहरीले रौतहट ल्याएको हो। उनको मुद्दा जिल्ला अदालत गौरमा समेत चलिरहेको छ।

जिल्ला अदालत रौतहटमा राउतविरुद्ध संगठित अपराधको मुद्दा विचाराधीन रहेकाले रौतहट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।पहिलेदेखि नै जिल्ला अदालत गौरमा मुद्दा दायर भएकोले रुपन्देहीबाट अड्डासार गरेर रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए।

राउतलाई बुधबार नै जिल्ला अदालत गौरमा पेश गरिएको थियो। समयअभावका कारण उनको बयान हुन नसकेपछि यसअघि पनि सोही मुद्दामा पक्राउ परेका थिए । रामकेश गुप्तालाई २५ हजार र अन्य पाँच जनालाई १०/ १० हजार धरौटीमा जिल्ला अदालत गौरले तारिखमा राखेको थियो।