Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

स्थानीय युवाहरूको कुटपिटद्धारा कांग्रेस नेताको हत्या

Wednesday, March 29, 2017 National Power

१६ चैत, जाजरकोट – नेपाली कांग्रेसका नेता रवीन्द्र शाहको हत्या भएको छ। जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको स्थानीय युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ।

पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष तथा निर्माण व्यवसायी समेत रहेका कांग्रेस स्थानीय नेता शाहलाई साँझ करिब ७ बजे सदरमुकाम खलंगामा साथीसँग घुम्न निस्केको समयमा करिब १० जनाको समूहले ढुंगा र भाटाले हानेर ज्यान लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

जिल्ला अस्पताल नजिकै तल्लोथाप्लेमा तीन साथीहरु हिटलरसिंह राठौर, किरण थापा र भीमबहादुरसँग रहेका ३७ वर्षीय शाहमाथि आक्रमण भएपछि उनका साथीहरु भागेका थिए।घटनाको अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ।