Wednesday 1st May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा

Sunday, February 27, 2022 National Power

काठमाडौं -रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ ।युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो । रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ । मिसाइल हमलालगत्तै उक्त भण्डारमा आगलागी भएको छ । सार्वजनिक भएका भिडियो फुटेजमा आकाशमा आगो दन्किरहेको देखिन्छ ।तेल भण्डारमा आगो लागेपछि युक्रेनको राजधानी किभका मानिसलाई विषालु धुवाँबाट सुरक्षित रहन भनिएको छ ।

यता खार्किभस्थित एक ग्यास पाइपलाइन रुसी सेनाले ध्वस्त बनाएको राष्ट्रपति कार्यालयले जनाएको छ । रुसी सेना उक्त क्षेत्रमा प्रवेश गरिसकेको अधिकारीहरूले बताएका छन् । रुसी सेना प्रवेश गरेसँगै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर ननिस्किन भनिएको छ । रुसले अन्य सहरमा समेत रकेट तथा मिसाइल प्रहार गरेको छ । खार्किभको एक नौ तले भवनमा रकेट हमला हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । विस्फोट र भीषण लडाइँबीच मानिसहरू भूमिगत मेट्रो स्टेसनमा शरण लिन पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

हाल राजधानी किभसहित कैयौं सहरमा दुवै पक्षबीच लडाइँ भइरहेको छ । तर, किभ आफ्नो नियन्त्रणमा रहेको युक्रेनका अधिकारीहरूले बताएका छन् ।