Friday 15th November 2019

    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने    लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु    कर्मचारीले अन्त खटाए थुक्ने धम्की दिए : मन्त्री पण्डित    सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला    अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

समाचार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: १७ जनाको मृत्यू ,४९ घाइते (नामावली)

काभ्रे- सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा घाइते भएका ५० मध्ये ४७ जनाको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ। यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको ठेगाना खुल्न सकेको छैन । यसैगरी दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ । आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु

सातवटै प्रदेश प्रमुखको जागिर गयो

काठमाडौं – सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रदेश १

सुनकोशी बस दुर्घटना अपडेटः १३ जनाको मृत्यु, घाइते २० जनाको उपचार हुँदै

सिन्धुपाल्चोक– सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ। दोलखाको मागादेउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनिको

सुकुटे बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । स्थानीयवासीका अनुसार केही

डीएसपी शाहीमाथि छानबिन गर्न दुई समिति

काठमाडौं – विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग-अलग समिति गठन गरेका हुन् । प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

यसरी गरियो छठको बिदाइ

काठमाडौं- यस वर्षको छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ । ३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजनकीर्तन

आज अस्ताउँदो सूर्यको पूजा गरेर देशैभर छठ पर्व मनाईदै ।

काठमाडौं – आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ

हतियारसहित नेता पक्राउ , तरुण दल भन्छ – प्रहरीले आफै हतियार लगेर फसायो

काठमाडौंँ – नेपाली काँग्रेस निकट तरुण दल नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीपजङ्ग शाहसहित ६ जनालाई पक्राउ गरिएको विषयमा नेपाल तरुण दलले आपित्त जनाएको छ । प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो । बाँके प्रहरीले

कृष्णनगर शान्त बन्दै, कर्फ्यू भने कायमै

काठमाण्डौ- बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बन्दै गएको छ । यद्यपि कर्फ्यू भने अझै पनि कायमै रहेकोछ । कर्फ्यूका बीच लक्ष्मीको मुर्ति गए राति नै शिवनगरस्थित तलाउमा विसर्जन गरिएको छ भनेृ सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी गराएको छ । गत राति करिव

कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौैं – कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दीप शमशेर राणाले बताए । बुधबार साँझदेखि सुरु भएको