
काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन ।
महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा बाबु र छोरी विचको प्रगाढ मायालाइ देखाईएको छ । यस गीतका गायक गायिकामा चर्चित गायक राजेश पायल राई र सुमाम्सा बान्तवा हनु । सुमाम्साले यस गीतमा स्वरमात्र दिएकी छैनन फिचर पनि भएकी छिन । यस गीतको मर्मस्पर्शी भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवा बाबु र छोरीको रुपमा फिचर भएका छन ।
६ मिनेट २६ सेकेण्ड लामो यस भिडियोमा संघर्षशिल एक परिवार जहाँ बाउ र सानी छोरी छन । त्यहाँ दुवैको सपना र विश्वासलाई बलियो रुपमा देखाइएको छ । अझ सुमाम्साको जिवन्त अभिनयले भिडियोलाई गहकिलो बनाएको छ । सुमाम्सा अष्ट्रेलियामा जन्मिएर उतै हुर्किए पनि उनको स्वरमा नेपाली लवज र अभिनयमा नेपालीपन आउनुले पनि उनीमा नेपाल, नेपाली भाषा संस्कृती र कला प्रतिको माया कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।
सुमाम्सा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा सानै उमेरदेखी नाचगान,गीत संगीतमा विशेश रुची राख्दथिन । त्यसैले उनी ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखी स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्ष देखी नाटक (ड्रामा) को प्रशिक्षण तथा नृत्य पशिक्षण कक्षा पनि लिइरहेकी छिन । उनी साँगितिक तथा कला क्षेत्रको मात्र नभइ पौडी र भलिबलको पनि प्रशिक्षणमा पनि विगत केही बर्षदेखी लिइरहेकी छिन । सुमाम्सा मेधाबी विद्यार्थी पनि हुन् उनी अध्ययनरत विद्यालयमा अष्ट्रेलियन र अन्य मुलुकका विद्यार्थीलाई समेत पछि पार्दै उनी बर्षका उत्कृष्ट ५ विद्यार्थीहरुमध्येमा चयन भएकी छिन ।