Tuesday 25th November 2025

    नेपाल महिला चेम्बरद्वारा स्टार्टअप, उद्यमशीलता तथा उद्यम प्रवर्द्धन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न    इनास नेपालको अध्यक्षमा लामिछाने    निर्माता संघको अध्यक्षमा उदय    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि

सडक र सुरक्षा

बसुन्धारा, रातोपुल र कालोपुलका प्रहरी बिटमा आगजनी, नागरिक सरकार गठनको माग

काठमाडौं-  सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो

मन्त्रीहरुलाई सेनाले निकालेलगत्तै क्वाटरमा प्रदर्शनकारीको आगजनी

काठमाडौं –  मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् । मन्त्रीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले निकालेलगत्तै प्रदर्शनकारी भित्र प्रवेश गरेका थिए । अहिले मन्त्री क्वाटरमा आगो लागिरहेको छ ।

माधव नेपाल, शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड

काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड गरेका छन् । प्रदर्शनकारीले नेताहरुको निवासलाई आज टार्गेटमा राखेका छन् ।

काठमाडौंको सुरक्षा नियन्त्रणबाहिर

काठमाडौं –  काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ । सुरक्षा अवस्था चारवटै सुरक्षा संगठनको नियन्त्रणबाहिर गएपछि नेताहरूलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी गरेका छन् । प्रदर्शनकारी केहीघण्टा अघि नै त्यहाँ पुगेका थिए । लगातार ढुंगा प्रहारपछि अहिले प्रचण्डको निवासमा आगजनी गरेका छन् । प्रहरीले अहिले सो क्षेत्रमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

काठमाडौंबाट हुने आन्तरिकतर्फका सबै उडान बन्द

काठमाडौं -काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।

सेनाको हेलिकोप्टरले मन्त्री र नेताको परिवारको गर्दैछ उद्धार

काठमाडौं -नेपाली सेनाको हेलिकोप्टरबाट केही मन्त्री र नेताहरुको उद्धार गरेको छ । मन्त्री निवासबाट उनीहरुलाई हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक पुर्‍याइएको प्रहरी स्रोतले जानकारी दियो ।

मन्त्री क्वाटरमा पुग्यो सेनाको हेलिकोप्टर

काठमाडौं –  ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए

काठमाडौं – ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी भएको छ ।  खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बानेश्वरमा ह्यात होटलको गाडीमा आगजनी

काठमाडौं – काठमाडौंको बानेश्वरमा ह्यात होटलको गाडीमा आगजनी भएको छ । सडकमा रहेका प्रदर्शनकारीले रोक्न खोज्दाखोज्दै नरोकिएपछि उनीहरुले आगजनी गरेका हुन् ।