Thursday 2nd May 2024

    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण

बाढीपीडितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोग

Tuesday, August 22, 2017 National Power

६ भदौ, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत कर्मचारीले बाढीपहिरोपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा गत साउन ३१ गतेको निर्णयअनुसार नै आयोगमा कार्यरत कर्मचारीबाट मानवीय सहयोगस्वरुप बाढीपहिरोपीडितका सहयोगार्थ उक्त रकम उपलब्ध गराउन लागिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । विशिष्ट श्रेणीको कर्मचारीले सुरु तलबको पाँच दिन बराबर, राप्र प्रथम श्रेणाीको कर्मचारीले चार दिन बराबर, राप द्वितीय र तृतीय श्रेणीका कर्मचारीले तीन दिन बराबर र श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको कोइरालाले जानकारी दिए । राहत रकम सरकारलाई एकमुष्ट बुझाइनेछ ।