Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

मेक्सिकोमाथि शानदार जित

Friday, June 30, 2017 National Power

१६, असार – विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सोचीमा भएको सेमिफाइनलमा मेक्सिकोलाई ४–१ ले हराउँदै जर्मनीले उपाधि यात्रा तय गरेको हो ।

जर्मनीको जितमा लियोन गोरेत्काले दुई तथा टिमो वार्नर र आमिन युनिसले एक एक गोल गरे । मेक्सिकोका लागि मार्को फेबियनले एक गोल फर्काए । सुरुवातको ६ र ८ औं मिनेटमा नै गोरेत्काले गोल गर्दै जर्मनीलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा २–० को अग्रता लिएको जर्मनीका लागि वार्नले ५९ औं मिनेटमा गोल गरे । ३–० ले पछि परेको मेक्सिकोका लागि ८९ औं मिनेटमा फेबियनले एक गोल फर्काए । तर इन्जुरी समयमा युनिसले गोल गरेपछि जर्मनी ४–१ ले विजयी भयो । जर्मनीले अब उपाधिका लागि चिलीसँग खेल्ने छ । चिलीले पोर्चुगललाई टाइब्रेकरमा हराएर यसअघि नै फाइनलमा स्थाना बनाइसकेको छ ।