Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिने

Monday, May 29, 2017 National Power


१५ जेठ, काठमाडौं – नयाँ कार्यक्रम समावेश नगरे पनि सरकारले आगामी आर्थिक वर्ष ०७४–०७५ का लागि आज बजेट ल्याउने भएको छ । सरकारले आव २०७४ ७५ का लागि आज दिउँसो ४ बजे वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रू १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ ।  राष्ट्रिय योजना आयोगले रू ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो । बजेटमा नयाँ कार्यक्रमहरू नराखिने भनिए पनि सरकारले ७ सय ४४ स्थानीय तहलाई रकम विनियोजन गर्नुपर्ने र प्रदेश तथा सङ्घको निर्वाचनसमेत गर्नुपर्ने भएकाले चालू आवको भन्दा लगभग २ खर्ब बढीे बजेट विनियोजन हुने बुझिएको छ ।  नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ । गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

यसैबीच व्यवस्थापिका–संसद्को आइतवार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । सरकारले आइतवार नै आर्थिक सर्वेक्षण पनि संसद्मा प्रस्तुत गरेको छ ।