Friday 3rd May 2024

    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

माहामारीको नाममा राजनीतिक संकटकाल लगाउने संकेत

Monday, July 6, 2020 National Power

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुलाई बालुवाटार बोलाएर ‘स्टेप वाई स्टेप’ कडा कदम चाल्ने बताएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार पुगी मन्त्रीहरुलाई कदम चाल्ने भनेपनि त्यो कस्तो कदम हुने स्पष्ट पारेनन् । ओलीले चाल्नसक्ने कदमबारे चासो बढ्यो ।

‘वाइफोर्स वाइ स्टेप’ चाल्ने कदमका लागि उनले निकटस्थसँग परामर्श गरे । सुरक्षा निकायका प्रमुखहरुसँग पनि परामर्श गरेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापासँग विशेष छलफल गरे । बारम्बार राष्ट्रपति भण्डारी र सेनापति थापासँगको भेटबाट उनले गम्भीर कदम चाल्न लागेको संकेत मिल्यो ।

ओलीले कोरोना भाइरसको महामारी बढेको देखाएर संकटकाल लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेर घोषणा समेत गर्न लगाउने तयारी आइतबार नै गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनले त्यसको पूर्व जानकारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि दिएका थिए । देउवालाई भेटेरै र उनका विश्वासपात्रमार्फत् साथ दिन भनेका रहेछन् । जुन उनले हिजो बसेको केन्द्रीय कमिटि बैठकमा ब्रिफिङका क्रममा खुलाएका थिए । देउवाले संकटकाल घोषणाको सम्भावनाबारे नेकपाका नेताहरुलाई जानकारी गराएका थिए ।

ओलीले साथ मागेका र आफूले गणतन्त्रसहितको व्यवस्था नै सिध्याउने कदम नचाल्न सचेत गराएको देउवाले पार्टी बैठकमा पनि भनेका थिए । विश्वस्त स्रोतका अनुसार संकटकाल लगाउँदा व्यवस्था नै धरापमा पर्ने देउवाको तर्क थियो । विगतमा आफूले पनि यस्तै गल्ती गरेको देउवाले ओलीलाई सुनाएका थिए ।

राष्ट्रपति भण्डारी संकटकाल घोषणाको प्रक्रिया अगाडि बढाउन सहमत भइसक्दा ओलीकै केही विश्वासपात्रले भने त्यसो गर्न नहुने सुझाव दिएको स्रोतले बताएको छ । विगतको घटनाको स्मरण गराउँदै संकटकालमा जाँदा व्यवस्था नै धरापमा पर्ने सम्झाएका थिए । ओली भने कदम चाल्न तयार भइसकेका थिए । देउवाबाट समेत नेकपाका शिर्ष नेताहरुसम्म खबर पुग्यो । त्यसपछि हिजो विहान नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र बामदेव गौतम राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे । उनीहरुले व्यवस्था नै संकटमा पर्ने भन्दै संकटकाल घोषणा नगर्न भने । त्यसमा राष्ट्रपति पनि गम्भीर भइन् । धन्न तत्कालका लागि संकट टर्यो । त्यसपछि ओलीले तत्काल कदम नचाल्ने गरी आफूलाई रोकेका थिए ।

महामारीको बखत संकटकाल घोषणा गर्न सकिने संवैधानिक व्यवस्था छ । ओलीले त्यसलाई अस्त्रका रुपमा प्रयोग गर्न सक्ने आँकलन विरोधी समुहले गरेको छ । सत्ता छाड्न नमानिरहेका ओलीले बरु कठोर कदम चाल्ने तर पछि नहट्ने सन्देश दिइसकेका छन् ।
संकटकाल लगाएर शिर्ष नेताहरुलाई हाउस एरेस्ट सम्म गर्ने तयारी भएको र तत्काललाई रोकिएको खबर नेताहरु कहाँ समेत पुगिसकेको छ । अझै पनि त्यो सम्भावना देखेर शिर्ष नेताहरु आवश्यक तयारीमा रहेको बुझिएको छ । नेकपाको ओलीइतर समुहको बैठकमा ओलीले सत्ताका लागि व्यवस्था नै धरापमा पार्न लागेको चर्चा हिजो चलेको थियो । उनीहरुले जुनसुकै अवस्था आउनसक्ने भएकाले चुनौती सामनाका लागि तयार हुनुपर्ने भन्दै आपसी छलफल गरेको बुझिएको छ ।

Source : #repoters nepal#