Sunday 2nd February 2025

    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर बीच द्धिपक्षीय भेटवार्ता    रमेश र एन्जिलाको मोटरगाडी सार्वजनिक    क्यालिफोर्नियामा आयोजित राहदानी कन्सुलर सेवा शिविरबाट नेपाली लाभान्वित    गायक साइराज खातीको गीत मेटुँ भन्छु सार्वजनिक

चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग

Saturday, February 1, 2025 National Power

काठमाडौँ – चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल छिन् ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।