Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

दीपिकाको दुख्यो आमा ऐया ऐया

Thursday, July 25, 2024 National Power

काठमाण्डौ – चेलीत्रबेटी बेचबिखन तथा बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ दुख्यो आमा ऐया ऐया ।

सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यस खाले गीत निर्माण गरिएको बताइएको छ । गीतलाई अहिलेकी जल्दीबल्दी गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द दीपिका भट्ट्ले लेखेकी हुन भने मिक्सिङ, मास्टरिङ्ग एबम् एरेन्ज भने देबेश राइले गरेका हुन ।

उक्त गीतको भिडियोको छायाँकन रामशरण उप्रेतीले गरेका हुन भने सम्पादन नहकुल खड्काको रहेको छ । भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी,सन्जु खत्री लगायतका कलाकारअले अभिनय गरेका छन ।

दीपिका इन्टरटेन्टमेन्ट यु ट्युब च्यानल बाट रिलिज गरिएको गीतको शब्द निर्देशन एवम अभिनय दीपिका भट्टकै रहेको छ । दुख्यो आमा ऐया ऐया बोलको यो गीतले सामाजिक जागरण ल्याउन मद्दत पुग्ने निर्देशक दीपिका भट्ट बताउछीन् ।