Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने : गृहमन्त्री

Wednesday, December 18, 2024 National Power

रुपन्देही – गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने बताए । उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए । उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी सङ्गठनलाई दुरुपयोग गर्न नहुने बताए । प्रहरी सङ्गठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रूपले प्रयोग गर्न नहुने उनको भनाइ छ ।

अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भई कारागार पठाइएको बताए ।

गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लङ्घन नभएको बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लङ्घन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लङ्घन नहुने हो भन्दै उनले प्रश्न गरे । गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए । गृहमन्त्री लेखकले संघ प्रहरीको कानुन नयाँ बनाउने काम भइरहेको बताए । सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए ।