Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चर्चित गायक कस्तुप पन्तको मन्दिरमा गजुरले टिकटकमा तरंग

Wednesday, July 26, 2023 National Power

काठमाडौँ – चर्चित सर्जक तथा गायक कस्तुप पन्तको पछिल्लो प्रस्तुति ‘मन्दिरमा गजुर’ बोलको गीतले टिकटकमा अत्याधिक लोकप्रियता कमाएको छ । हरितालिका तीजको मेसो पारेर सार्वजनिक भएको उक्त गीतमा टिकटक बनाउनेहरुको होड चलेको छ भने बनाइएका टिकटक भिडियोको दर्शकहरु पनि लाखौं देखिएका छन् ।

गीतको शब्द तथा लय श्रृजना कस्तुप पन्तको रहेकोछ भने स्वर गायिका सुनिता बुढा क्षेत्री रहेको छ । रमेश सेन्चुरीले लय र शब्दलाई अझ ओझिलो बनाउने संगीत संयोजन गरेका छन् । गीतलाई पछिल्लो समयका चर्चित कलाकार विमल अधिकारी र उषा उप्रेतीको नृत्य तथा अभिनयसहितको भिडियोले अझ रोचक बनाएको छ । ‘मन्दिरमा गजुर’ गीतको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

कस्तुप पन्त नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियोलाई यो समाचार तयार पार्दासम्म ३ लाख २९ हजार ७ सय उनानब्बे पटक हेरिएको छ । हाल भिडियो युट्युबको ट्रेण्डिङ नंं १६ मा चढेको छ ।