Friday 9th May 2025

    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित

चलचित्र काँडेतारको छायांकन सम्पन्न

Saturday, December 25, 2021 National Power

काठमाण्डौं – सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ ।
आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशन नवल खड्का भन्छन् ‘विगतमा देशभक्तिपूर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूध्द लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’
करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरब पहाड, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के।सी।, खेम नेपाली, देवेन्द्र कोईराला, राम बिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की छवि बैरागी घिमिरे बाललाकारमा नादिया खड्का र सनया खड्का आदि रहेका छन् ।
नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंङ्ग माझी, संगित मणि थापा र दिपक शर्माको रहेको छ ।