Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित

Monday, April 21, 2025 National Power

धुन्चे – लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अभिनेता नेपालले उक्त अवार्ड जितेका हुन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’ बाट बेष्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’ का रामहरी खड्का, बेष्ट कल्चर फिल्म आप्लेगा नाम्सा’ तथा इन्करेजमेन्ट अवार्ड रोनिस खड्काले फिल्म ‘प्याकुली’ बाट पाए ।

समारोहमा बेष्ट सर्ट फिल्म ‘म कमरेड’ बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’ बाट सबिर श्रेष्ठ, बेष्ट फिल्म ‘अञ्जिला’ बाट प्रेम श्रेष्ठले अवार्ड जिते । फेस्टिभलमा बेष्ट एडिटर भरत रेग्मी फिल्म ‘पुजार सार्की’, बेष्ट सिनेमाटोग्राफर शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स ‘अञ्जिला’, जुरी मेन्सन अवार्ड ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक वसन्त निरौला फिल्म ‘ज्वाईँ साब’, बेष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’ बाट मनोज श्रेष्ठले जिते ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाण पत्र वितरण गरे ।

तीन दिनसम्म निरन्तर आयोजना भएको महोत्सवमा सर्ट तथा फिचर गरि कुल २२ फिल्म प्रदर्शन गरिएको थियो । दर्जनौँ चलचित्रकर्मी तथा पत्रकारको समेत सहभागिता रहेको महोत्सवको समापन ३० औं वन्यजन्तु सप्ताह, चौथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित ‘अन्जिला’ फिल्म प्रदर्शन गर्दै महोत्सव प्रारम्भ भएको थियो । पहिलो दिन वैशाख ४ गते ‘अञ्जिला’ सँगै ‘पूजार सार्की’ तथा ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवले गाउँ–गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ फिल्मका निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको महोत्सव हरेक वर्ष निरन्तर रुपमा अलग–अलग स्थानमा आयोजना गरिने महोत्सवका अध्यक्ष सापकोटाले बताएका छन् ।