Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

Wednesday, September 30, 2020 National Power

काठमाडौं- विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो । स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् ।

रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।