Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

डा.केसीको समर्थनमा प्रदर्शन,”केसीको अनशन, माफियालाई टेन्सन” नारा 

Saturday, September 26, 2020 National Power

काठमाडौं- सोलिडारिटी फर डाक्टर केसी र विवेकशील पार्टीले डा.गोविन्द केसीको समर्थनमा माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार माईतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै मण्डलातिर हिँडेको प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीहरुद्वारा रोक्दा ठेलामठेलको स्थिति सिर्जना भएको थियो ।प्रदर्शनकारी भन्दै थिए,”सर्वोच्चको आदेश खै मानेको, प्रहरीहरु भन्छन्– जिल्ला प्रशासनको आदेश छ मण्डलामा प्रदर्शन गर्न नदिनु । प्रदर्शनकारीहरुको भनाई थियो, हामीलाई हामी मण्डलामा प्रवेश गर्दा कुटियो, गिरफ्तार गरियो भने हामी सुरक्षाको कमाण्डिङ् गरिरहेको प्रमुख विरुद्ध मुद्दा हालेर जेल पठाउने छौं ।”सुरक्षाकर्मीहरुद्वारा मण्डलामा जान रोक लगाएपछि रात भरी बसेर भए पनि मण्डलामा प्रदर्शन गरेर छाड्ने भन्दै धर्नामा बसेको ७ बजेसम्म पनि धर्नामा बसेको स्थिति थियो ।