Saturday 11th May 2024

    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड भव्य रुपमा सम्पन्न    भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

Saturday, March 21, 2020 National Power

कैलाली –  कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा। जगदीश जोशीले अनलाइनखबरलाई बताए ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा। जोशीले जानकारी दिए ।

उनीहरूको रिपोर्ट सोमबार रिर्पोट आउने डा। जोशीले बताए ।