Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली

Wednesday, May 8, 2024 National Power

काठमाडौं-नेपालमा छायाङ्कन भइरहेको प्रभु देवाको प्रमुख अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘सत्य मङ्गला’मा नेपाली निर्देशक जनकदीप पराजुलीले सह-निर्देशन गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पराजुलीले चार दिनदेखि पोखरामा चलिरहेको छायाङ्कनमा काम गरिरहेका छन्।

छायाङ्कनको लागि प्रभु देवा भने नेपाल आएका छैनन्। उनका ‘बडी डबल’ले उनको सट्टामा काम गरिरहेका छन्। यसको छायाङ्कन धम्पुस र लेकसाइड क्षेत्रमा भएको छ। नेपाल छायाङ्कन व्यवस्थापन हेरिरहेका पराजुलीले स्टेफन जोसेफसँगै चलचित्रको सह-निर्देशन गरेका हुन्। निर्देशक भने आर्यन प्रताप हुन्।

कन्नड भाषाको यो चलचित्रमा भारतबाट भागेर नेपाल आइपुगेका केही पात्रको खोजीका लागि प्रहरीले चलाएको अप्रेसनको कथा रहेको बताइएको छ। यो चलचित्र कन्नड भाषासहित तमिल, तेलुगू, मलयालम र हिन्दी भाषामा रिलिज हुने बताइएको छ।