Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

Tuesday, May 7, 2024 Devil Singh Rajput

काठमाडौं । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । माता तीर्थ औँसी बहार भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ ।

वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न डिजाइन भराइटि र स्वादमा केक उपलब्ध गराउने भएको छ ।

खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लासको रेस्टुरेन्ट नेपाल हाउसका संचालक टीका गाैतमले आमालाई आजको दिन मात्र होइन, हरेक दिन सम्मान गर्नु आवश्यकता रहेको छ भन्दै आमाको मुख हेर्ने दिन आफूहरूले

ताजा सफा एवं स्वादिलो आकर्षक केक उपलब्ध गराउने जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका भर फ्री होम डेलिभरीका साथ केक उपलब्ध गराउँदै आएको समेत बताउनुभयो । माता तीर्थ औँसीको दिन पनि आफूहरू फ्री होम डेलिभरी गर्न तत्पर रहेको गाैतमले बताउनुभयो ।