Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

कृषि खेती गरौं भन्दैै बजारमा आए रुपाखेती शर्मा

Friday, June 7, 2019 National Power

काठमाण्डौ – गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कालकारहरु देख्न सकिन्छ ।

उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पसुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहीत गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाउमा बाझो हुदै गएको छ । गाउ घरमा बृद्ध बृद्धा तथा वालवालीका मात्रै रहेको यथार्थलाई प्रस्तुत गर्दै गीतकारले भनेका छन् सबै मिलेर सामुहीक तथा आधुनिक खेती प्रणाली सुरु गरेमा विदेशी भुमीमा पसिना बगाउन नपर्ने बताएका छन् ।

मिहेनत गरेमा आफ्नै माटोमा मोती फलाउन सकिने र सुखी जिवन विताउन सकिने कुरालाई गीतकार रुपाखेती शर्माले गीत मार्फत बताएका छन् ।