Saturday 4th May 2024

    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

सम्राट दाहाल नृत्य प्रतियोगीता सम्पन्न

Thursday, April 26, 2018 National Power

काठमाण्डौ , सम्राट दाहाल नृत्य प्रतियोगीता गत शनिबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । काठमाडौं खेवाङ हातेमालो समाजद्वारा आयोजित नववर्ष २०७५को शुभकामना आदानप्रदानका साथै सम्राट दाहाल नृत्य प्रतियोगीता सम्पन्न भएको हो । उक्त नृत्य प्रतियोगीतामा १० जना प्रतियोगीले भाग लिएका थिए । जस मध्ये प्रजिता दाहाल प्रथम भएकी थिइन् भने गरिमा गौतम दोस्रो र आरुशी गौतम तेस्रो भएकी थिइन् । प्रतियोगीतामा प्रथम, द्वितिय र त्रितियले क्रमशः ५०००, ३०००, २००० नगद सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको संगीत र बेगेन्द्र बुढाको स्वरमा सम्राट दाहालको अभिनय रहेको म लाई मेरै नेपालको माया छ बोलको एउटै गीतमा सबै प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गोपाल ढकाल (छन्दे)ले हाँस्यव्यङ्य प्रस्तुत गरेका थिए । मलाई मेरै नेपालको माया छ‘ बोलको एउटै गीतमा प्रतिस्पर्धा गराइएको कार्यक्रम सम्भवत पहिलो हुनसक्ने सुमन दाहालले बताए । उनका अनुसार बालबच्चाहरुमा राष्ट्रियताको भावना साथै व्यक्तित्व विकासमा सहयोगी भूमिका खेल्न सकोस भन्ने सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा यस गीतका रचनाकार शान्तिप्रिय र संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रमका बारेमा आफ्नो भनाइ राखेका थिए ।

बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा निर्देशक रमेश बुढाथोकी, अभिनत्री क्षितिजा शाक्य, अभिनेता सुमन सिंह निर्णायकका रुपमा रहेका थिए । चलचित्रसँग सम्बन्धित संघ संस्थाहरुमा लामो समयदेखि काम गरेका चलचित्र निर्देशक सुमन दाहालले उक्त राट्रिय गीतको भिडियो अमेरिकामै छायांकन गरेका हुन् ।

सम्राट दाहालले अभिनय गरेको भिडियो