Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

नेपाल शिक्षक महासंघको जिल्ला समिति चयन प्रकृया सम्पन्न

Friday, March 9, 2018 National Power

२५ फागुन,काभ्रे – नेपाल शिक्षक संगठन काभ्रे जिल्ला समिति चयन प्रकृया सम्पन्न भएको छ । नेपाल राष्ट्रिय उपमहा सचिव लक्ष्मी किशोर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको घोषणा सभामा संस्थागत ५ जना,सदश्य तर्फ १७ जना र महाधिवेशन प्रतिनिधि ८ जना चयन भएका छन् । अध्यक्षमा नेपाल शिक्षक संघ आवासीय विद्यालय धुलिखेलका शिक्षक आश्विन प्रशाद चौलागाइ  र सह अध्यक्ष एकिकृत अखिल नेपाल शिक्षक संगठनका  मोहन कुमार भुजेल चयन भएका छन् ।

त्यसै गरि उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनका साधुराम दाहाल,महिला उपाध्यक्षमा अखिल नेपाल शिक्षक संगठनका कल्पन वि क,सचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका बासु थापा, सहसचिवमा नेपाल शिक्षक संघका प्रताप ताम्राकार,सहिला सह सचिवमा एकिकृत अखिल नेपाल शिक्षक संघका निर्मला खड्का र सह सचिव अर्थ तर्फ अखिल नेपाल शिक्षक संघका सन्जिब कुमार खरेललाई समितिले चयन गरेको छ । कार्यक्रममा काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ,नेकपा एमाले काभ्रे जिल्लाका अध्यक्ष टोक बहादुर वाईव, नेपाली काग्रेस काभ्रेका पुर्व सभापति शिव प्रशाद हुमागाई,नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज सुर्यमान दोङ,राप्रपाका सचिव केशव रायमाझी, काभ्रे जिल्लाका शिक्षक र राजनितिकदलहरुको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्याम प्रशाद पाण्डेले जानकारी दिए ।

अरबिन्द गौतम,काभ्रे सम्वाददाता