Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

“ओई माया ओई” सार्वजनिक

Monday, February 3, 2025 National Power

काठमाण्डौ – छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा मोडल कलाकार श्रीदेव भट्टराई र मोडल तथा कलाकार अनामीका चौलागाई फिचरीङ छन् । त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् ।

बरिष्ठ गीतकार एबम् संचारकर्मी शान्तिप्रियको शब्द रहेको “ओई माया ओई”लाई स्थापित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । गायकका रुपमा सवीन सुवेदी छन् भने पहिलो पटक मोडल कलाकार अनामीका चौलागाईले यस गीतमा आफ्नो गायनकला पस्तुत गरेकी छन् । भने यस गीतलाई रेकर्डीङ, मिक्सीङ तथा मास्टरिङ एसएमएस स्टुडीयोमा मनोज परियारले गरेका छन् । म्युजिक भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् भने गीतको कोरियोग्राफी सन्जीवनी गोपालीको रहेको छ । दिनेश पराजुलीले यस म्युजिक भिडियो छायाङकन गरेका छन् । भिडियोलाई शिलान लम्सालले कलर र सम्पादनको काम गरेका छन् । यस भिडियोको ब्यवस्थापनको जिम्मा दीपक थापाको रहेको थियो । गीत तथा म्यूजिक भिडियोलाई सिसि नेपालको यूटुयूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । बालापन देखि युवा अवस्था सम्मको प्रेमलाई उजागर गर्दै गीत लेखिएको गीतकार शान्तिप्रियले बताए ।

छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा मोडल कलाकार श्रीदेव भट्टराई र मोडल तथा कलाकार अनामीका चौलागाई फिचरीङ छन् । त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् । बरिष्ठ गीतकार एबम् संचारकर्मी शान्तिप्रियको शब्द रहेको “ओई माया ओई”लाई स्थापित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । गायकका रुपमा सवीन सुवेदी छन् भने पहिलो पटक मोडल कलाकार अनामीका चौलागाईले यस गीतमा आफ्नो गायनकला पस्तुत गरेकी छन् ।

भने यस गीतलाई रेकर्डीङ, मिक्सीङ तथा मास्टरिङ एसएमएस स्टुडीयोमा मनोज परियारले गरेका छन् । म्युजिक भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् भने गीतको कोरियोग्राफी सन्जीवनी गोपालीको रहेको छ । दिनेश पराजुलीले यस म्युजिक भिडियो छायाङकन गरेका छन् । भिडियोलाई शिलान लम्सालले कलर र सम्पादनको काम गरेका छन् । यस भिडियोको ब्यवस्थापनको जिम्मा दीपक थापाको रहेको थियो ।

गीत तथा म्यूजिक भिडियोलाई सिसि नेपालको यूटुयूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । बालापन देखि युवा अवस्था सम्मको प्रेमलाई उजागर गर्दै गीत लेखिएको गीतकार शान्तिप्रियले बताए ।