२१ जेठ, काभ्रे – काठमाडौंबाट काभ्रेको कोशीपारीका लागि छुटेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
कोशीपारीको मादनकुँडारीका लागि छुटेको बा २ ख ६४४१ नम्बरको यात्रुबस आइतबार बिहान पाँचखाल नगरपालिका–६ तीनपिप्लेमा दुर्घटना भएको हो ।
घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । गाडीका चालक भने फरार रहेको र गाडीमा करिब ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।