Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

जनकपुर अञ्चल ब्यूरो प्रमुखसहित चार जना बम बनाउने उपकरणसहित पक्राउ

Sunday, May 7, 2017 National Power

२४ बैशाख, बर्दिबास  –  प्रहरीले आज नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्यूरो प्रमुखसहित चार जनालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्यूरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरीले बताए।

प्रहरीले उनीहरुबाट बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई वटा, डेटोनेटर छ वटा, महोत्तरीको नक्सा, स्थानीय चुनाव खारेज गर लेखिएको पर्चा तीन सय वटा र नेपाली कांग्रेस पार्टीको स्टिकर दुई सय वटा बरामद गरेको छ ।