Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अवैधानिक रुपमा रहेकाहरुलाई साउदीले आम माफी

Wednesday, April 19, 2017 National Power

६ वैशाख – साउदीले आम माफी प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जनाएको छ ।
गएको चैत १६ गते अर्थात मार्च २९  देखि तीन महिनासम्म साउदी सरकारले अवैधानिक रुपमा रहेकाहरुलाई आम माफी दिएको छ । प्रभावकारी भनिए पनि झण्डै एक महिनाको अवधिमा कति आप्रवासी आम माफी प्रक्रियामा सामेल भए भन्ने खुलाइएको छैन् ।
अभियानमा झण्डै १० लाख अवैधानिक आप्रवासी सहभागी हुने अनुमान गरिएको साउदीको श्रम मन्त्रालयका निर्देशक टुर्की अल मनेअले बताए ।
यस अघि सन् २०१३ मा पनि अवैधानिक आप्रवासीका लागि ९ महिने आम माफी दिएको थियो । त्यस अवधीमा भण्डै ५५ लाख अवैधानिक आप्रवासी घर फर्किएका थिए । त्यस्तै झण्डै तीस लाख जना जति वैधानिक बनेका थिए ।
साउदी सरकारले अवैधानिक आप्रवासीलाई आम माफी अभियानबाट फाइदा लिन आग्रह पनि गरेको छ ।
गत चैत ६ गते अघि अवैध रुपमा साउदी पुगेका, परिचय पत्र नभएका वा नवीकरण नभएका, भिजिट भिसा वा धार्मिक भ्रमणको लागि साउदी गएर त्यही बसेका, कम्पनी छाडेर भागेका र रोजगारदाताले भागेको भनी प्रहरीमा खबर गरेकाहरु यो प्रक्रियामा सहभागी हुन पाउने छन् ।
आममाफी प्रक्रियामा सहभागी भएर फर्किएकाहरु फेरि वैधानिक रुपमा साउदी फर्किन पाउने बताइएको छ ।