Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

चिनियाँ रक्षामन्त्री चाङ आज नेपाल आउँदै

Thursday, March 23, 2017 National Power

१० चैत, काठमाडौं – नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आजआउँदै छन्।
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा आज नै शिष्टाचार भेट गर्नेछन । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन।राष्ट्रपति विद्यादेवी भण्डारीसँग चाङले भोली दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् । रक्षामन्त्री चाङ उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नेछन । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्ने समेत कार्यक्रम रहेको जनाइएकोछ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए । चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले बताए ।