Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सर्वाेच्चकाे अर्काे अादेश, चन्दलाइ अाइजीमा पदस्थापन नगराउ

Monday, February 13, 2017 National Power

२ फागुन, काठमाडौं – सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा पदस्थापन नगर्न अर्को आदेश दिएको छ ।

आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रीटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई पदस्थापन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

साथै चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय ८ गतेभित्र पेश गर्न आदेश दिएको छ । रीट निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, तुलसी भट्ट, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।